चैत २५, काठमाण्डौ । बारा र पर्सामा हावाहुरीले वितण्डा मच्चाएको एक साता बितिससकेको छ तर असिना पानीका कारण बारा, पर्साका पिडितहरुको झन् विचल्ली भएको छ । राहत वितरण प्रभावित भएको छ । पीडितहरु ओत लाग्ने ठाउँको खोजीमा भौतारि रहेका छन् ।
हावाहुरी आएको दिनदेखि मौसम सामान्य रहेको भए पनि शनिबार दिउँसोदेखि नै यस क्षेत्रको मौसम बदलिएको छ । शनिबार राति पानी परेपछि हावाहुरी प्रभावितको विचल्ली भएको छ । प्रभावित क्षेत्रमा त्रिपाल लगाइएको भए पनि सबै प्रभावितलाई पुग्ने किसिमले छैन । पानी नपर्ने भए त बाहिर झुल लगाएर सुत्न सकिन्थ्यो । तर आकास धुमिलिएको छ कतिबेला पानी पर्छ थाहा छैन । शनिबार रातिभरी आएको पानीले पाल भित्र त हिलो भएको छ ।
सरकारले हावाहुरीको वितण्डाबाट घरबारविहीन बनेका पीडितहरुका लागि घर निर्माण गर्ने वाचा गरिसकेको छ । पहिले केन्द्र र प्रदेश सरकारले घर बनाउन तछाड मछाड गरे पनि पछि समन्वय गरेर त्यसको जिम्मा सेनालाई दिने निर्णय भइसकेको छ । प्रदेश सरकारले पनि त्यसमा सहमति जनाएको छ तर घर निर्माण कहिले हुने हो अतोपतो छैन ।
के बालक के बृद्ध आफन्त गुमाएकाहरु पाल मुनि आफन्तको किरिया गर्दै आफन्त गुमाउदाको पिडा सुनाउदै भक्कानिन्छन् ।
यता बिद्यार्थीहरुको दैनीकि पनि कहालीलाग्दो छ । हावाहुरी संगै आफ्ना सपना समेत उडेको बिद्यार्थीहरुको गुनासो छ । कतिपय स्कुल छैनन् भएकाहरुको छना छैन । घरमा पढ्न विजुली छैन कापी किताब छैन ।
चैत १७ गते साँझ आएको हावाहुरीले पर्सा र बारा जिल्ला नराम्ररी प्रभावित भयो । विपदमा परी पर्साका तीनजना सहित २८ जनाले ज्यान गुमाए ।
हावाहुरीले पर्सामा ५ सय ९ र बारामा १ हजार ८ सय ९५ घरधुरीमा क्षति पुग्यो । घाइते भएकाहरु उपचारपछि घर फर्किन थालेका छन् । कतिपय घरमा सबै सदस्यहरु एउटै त्रिपालभित्र अवस्था छैन । यस्तो अवस्था घर बनाइदिने बाचा गरेको सरकारले समयमै घरवास बनाइदिए पिडितहरुको घाउमा मलम लाग्ने थियो कि ?