Logo

‘श्रमजीवी पत्रकारलाई न्याय हुनैपर्छ’



काठमाडौं, २६ चैत । सूचना तथा संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले पत्रकारको सधैं नक्कली कागज बुझाएर मिडिया नचल्ने बताएका छन्।

मंगलबार नेपाल पत्रकार महासंघले संचारग्राममा गरेको ‘पत्रकारितामा श्रम सवाल’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री बास्कोटाले श्रमजीवी पत्रकारलाई न्याय हुनैपर्ने बताए।

मिडियाप्रति प्रश्न गर्दै बास्कोटाले भने,‘ठूल–ठूला मिडिया ग्रुप संचालन गर्ने, चार–पाँच संञ्चार माध्यम पनि चलाउने अनि पत्रकारलाई तलब दिनुपर्छ भन्दा न्याय चाइयो भन्ने ?, सरकारले निर्णय गरिसकेको छ। यसमा भन्नु केही छैन।’



प्रतिक्रिया दिनुहोस्