चैत २९, काठमाण्डौ । नेपालको सडक यातायातको लागि सुरक्षित मानिदैन ।दैनिक जसो दुर्घटनामा परी कैयौले अकालमै ज्यान गुमाउनु परीरहेका छ भने कैयौ घाइते तथा अंगभंग भइ कष्टकर जिवन बिताइरहनु परेको छ । २०७५ सालको सुरुवात देखि यो बर्षको अन्तिम सम्म के कती दुर्घटना भए ?, मृतक तथा घाइतेहरुको के कस्तो अवस्था रह्यो ? तथा दुर्घटनाको कारण दुर्घटना रोक्न के कस्ता पहलकदमी भए, लगायतका विषयमा त्यसको तथ्याङ सहित हामीले बर्ष समिक्षा गरेका छौ ।
२०७५ सालको फागुन मसान्त सम्ममा जम्मा दुुर्घटनाको संख्या दश हजार ८ सय ८ रहेका छ । यति संख्यामा भएको सवारी दुर्घटनामा,संलग्न सवारी साधनहरुको संख्या जम्मा १७८३३ रहेको छ । यी मध्ये ट्रक टेङकंर १८५८ वटा दुर्घटना भए भने ३२५ वटा ट्रिपर दुर्घटना भएका छन् । त्यस्तै २०९५ बस,३४१ माईक्रो,५०६८ जीप तथा कार,ट्क्याटर ५९०,टेम्पो २५३,मोटर साइकल ६८८९ दुर्घटना भएका छन् । अन्य सवारी साधन ४९४ वटा दुर्घटनामा परेको ट्राफिक प्रहरी महाशाखाको रेर्कटमा उल्लेख छ ।
यी विभिन्न स्थानमा भएका दुर्घटनाले फागुन मसान्तभरि मृत्युहुनेको संख्या २३३६ पुगेको छ ।जसमा पुरुष १७०३,महिला ४९४,बालक १३४,र बालिका ८५ जना छन् ।दुर्घटनामा परि ३,७४२ गम्भीर घाइते भएका छन् भने ८४३२ जना सामान्य घाइते भएका छन् । त्यस्तै सवारी साधन दुर्घटनामा परि विभिन्न स्थानमा २७ चौपाया मरे भने २७ घाइते भएका छन् । यसरी २०७५ सालको फागुन मसान्त भरि यी भएका सवारी दुर्घटनाका विभिन्न कारणहरु हेर्ने हो भने, दुर्घटनाका प्रमुख कारणमा चालकको लापारबाही नै प्रमुख कारण देखिएको छ ।
चालकको लापारवाहीबाट ८,९३६, यात्रुको गल्तीले १७०, ओभरटेकका कारण १५७, तिब्रगतिले १६३८,मादक पर्दाथ सेवन मापासे गरी ३८५ दुर्घटना भएको तथ्याङ छ । यी जस्तै अन्य कारणमा मोबाइल फोन,यन्त्रिक गडबढि,ओभरलोड,चौपया,सडकको अवस्था र मौसमको अवस्था जस्ता कारणले गर्दा जम्मा ३४२ दुर्घटना भएको नेपाल प्रहरी र ट्राफिक प्रहरी कार्यलयको रेर्कटमा उल्लेख छ । प्रत्येक बर्ष नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरणमा विभिन्न निति,नियम तथा जनचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेका छन ।
तर पनि अघिल्ला वर्षभन्दा २०७५ सालमा पनि सवारी दुर्घटनामा भने कुनै कमी नभएको देखिएको छ । यसरी दुर्घटना नघट्नुको कारण भने हरेक वर्ष थपिने सबारी साधन, चालकको लापरबाही जस्ता माथि उल्लेखित कारणहरु नै प्रमुख भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीको भनाइ छ ।
त्यस्तै सडकको कमि र सडक इन्जिनियरको मापदण्डमा नपरेको सडकमा गाडीहरु गुडिरहेका कारण पनि दुर्घटना हुने गरेको प्रहरीको रेकर्ड तथा तथ्याङहरुले देखाएकोे छ ।
दैनिक रुपमा यसरी बढ्दै गरेको सवारी साधानका दुर्घटना न्युनिकरणका लागि नेपाल प्रहरी र ट्राफिक प्रहरीको प्रयासले मात्र सम्भव छैन ।
यसका स्थानिय निकाय,सडक विभाग, यातायत व्यवस्था विभाग तथा स्वयम यात्रुहरु तथा हामी सवै आमसर्वसाधारण पनि जिम्मेवार हुनुपर्नेमा जोड दिनुहुन्छ प्रहरी प्रवक्ता,सुवेदी ।
यसरी दिन दुइगुणा, रात चौगुणाका रुपमा बढ्दै गइरहेको सवारी दुर्घटनालाई न्युनीकरणको लागि सरकारले सम्बन्धीत निकायहरुलाई प्रयाप्त निति नियम,बनाइ कडा रुपमा पालना गराउनु तथा उक्त निकायहरुलाई सवै कुरामा समयअनुकल व्यवस्थित र सक्षम बनाउदै लैजानु नै अहिलेको मुख्य चुनौती रहेको छ ।