चैत २९, काठमाण्डौ । नेपालमा पछिल्लो समय हत्या हिंसा जस्तो जघन्य अपराधका घटनाहरु मौलाउदै गएको छ । हत्याका घटनाहरु बढ्दै जानुले सर्वसाधारणमा त्रास फैलिएको छ भने प्रहरी सुरक्षामा चुनौती थपिएको छ ।
गत साउनमा कञ्चनपुरकी १४ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । असार दोस्रो साता कञ्चनपुर, पुनर्बासका तेजबहादुर बिष्टलाई उनकै पत्नीले भिरबाट खसालिन् । यी त प्रतिनिधि उदाहरण मात्र हुन् पछिल्लो समय मुलुकमा जघन्य अपराध बढ्दै गएको छ । पछिल्लो वर्ष जघन्य अपराधका घटना २२ प्रतिशत बढेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ । २०७५ साल भरिको बर्ष तथ्यांक अनुसार हत्याको घटना ६ सय २४ वटा घटेको छ । यो घटनामा संग्लन रहेको अधिंकाश केशको सफल अनुसन्धान भए पनि केहि केसहरु बाँकी रहेको छ ।
विगतको बर्षमा भन्दा आर्थिक बर्ष हत्या जस्ता जघन्य अपराधमा ८० प्रतिशतले चिनेजानेको आफन्त बाट घटेको नेपाल प्रहरीले दावी गरेका छन् ।
आर्थिक बर्ष जघन्य अपराधका ६ सय २४ घटना घटेका छन् जुन अघिल्लो वर्षभन्दा २२.०५ प्रतिशत बढी हो । अघिल्लो वर्ष ५ हजार ४ सय ४५ घटना घटेका थिए । बलत्कार र अपहरण पछिको हत्यामा गत बर्षको तुलनामा आर्थिक बर्ष कमी रेहको प्रहरीको भनाई छ । बलत्कार पछि हत्या गरिएको ५र अपहरण पछि हत्या गरिएको ६ वटा केस प्रहरीमा दर्ता गरिएको छ । अपराधका घटना सञ्चार माध्यमको विकास सँगै घटना बाहिर आउन थालेको प्रहरी प्रवक्ताको भनाई छ ।
जनसंख्या वृद्धि, विकासमा देखिएको परिवर्तनलगायत कारणले अपराध बढिरहेको छ । पछिल्लो समय न्याय पाउने आशामा पनि अपराधका घटना दर्ता भइरहेको छ ।
प्रहरीको तथ्यांक अनुसार हत्याका घटना सबैभन्दा बढी प्रदेश १ मा घटेका छन् । जहाँ एक सय २८ जनाको हत्या भएको छ । यस्तै, उपत्यकामा ५१, प्रदेश २ मा १ सय १६, प्रदेश ३ मा ६६, प्रदेश ४ मा ५७, प्रदेश ५ मा ९९ ,प्रदेश ६ ४८ र प्रदेश ७ मा ५८ जनाको हत्या भएको छ ।