Logo

वर्षभरी हवाई दुर्घटनाको अवस्था कस्तो रह्यो ?



चैत ३०, काठमाण्डौ । गत बर्ष २०७५ मा नेपाली आकाशमा धेरै क्षति हुनेगरि केही अन्तराष्ट्रिय र केही राष्ट्रिय उडानका विमान दुर्घटना भए । हवाई दुर्घटना हुँदा मानवीय क्षति र भौतिक क्षति भएको छ । यो बर्षभरी भएका हवाई दुर्घटनाको विवरण प्रस्तुत गर्दै छौ ।

दुर्घटना हुनु आफैमा राम्रो पक्ष होईन र नहोस पनि तर पछिल्लो तथ्याङक हेर्ने हो भने नेपाली आकाशका हवाई दुर्घटनाको अवस्था काहालि लाग्दो छ । २०७५ सालमा मात्रै ४ वटा हवाई दुर्घटना भएका थिए । २०७५ जेठ २ गते मकालु एयरको ९ एण्ड एजे यू सेस्ना जाहाज हुम्लाको सिमिकोटमा दुर्घटना हुदा २ जनाको मुत्यु भएको थियो ।

२०७५ असार १६ गते सिम्रिकएयर लाईन्स ग्राण्डी अस्पतालमा दुर्घटना भयो यसमा मानवीय क्षति भने भएन र २५ करोड भौतिक क्षति भएको थियो । २०७५ भदै २३ गते ९ एण्ड ए यल एस जाहाज दुर्घटना हुदा ५ जनाको मृत्य भएको थियो भने १ जना घाईते भएको थियो ।

२०७५ फागुन १५ गते एयरडाईनेष्टिको जाहाज पाथिभारा मन्दिर नजिकै दुर्घटना हुदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी सहित सात जनाको मृत्यु भएको थियो । एक बर्ष भरी भएको हवाई दुर्घटनाको समिक्षा गर्ने हो भने १४ जनाले ज्यान गुमाएका छन् । एक अर्ब भन्दा बढी भौतिक क्षति व्यहोर्नु परेको छ । कतिपय हवाई दुर्घटना मानवीय र प्राविधिक कारणले हुने गरेको छ ।

सन् १९४६ देखि हालसम्म आइपुग्दा नेपालमा ९४ वटा साना ठूला हवाई दुर्घटना भएको पाइन्छ । यीमध्ये ५४ वटा दुर्घटनामा चालक दलका सदस्य वा यात्रुले आफ्नो ज्यान गुमाएका छन् । नेपालमा भएको पहिलो हवाई दुर्घटना सन् १९४६ मे ७ मा भएको थियो ।

विमान दुर्घटनाको कारणमा प्राविधिक पक्ष बढि महत्वपूर्ण मानिन्छ । हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राख्ने गरेका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ)ले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजीकरण गर्न गर्दैआएको छ । तर हवाई दुर्घटना न्यनिकरण हुन सकेको छैन ।

समस्या लगातार बढ्दै गएका कारण कुनै न कुनै रुपमा समाधानको दीर्घकालीन प्रयत्न जरुरी रहेको आवश्यकता समेत महसुस भएको छ । नेपालमा हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको पाइएको छ ।

सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटकरपटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिश गर्ने गरेको छ । तर प्रतिवेदन कार्यान्वयन गर्ने तर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्