वैशाख १, काठमाण्डौ । राजनीतिक धारको ब्यक्ती वा समुह भएपनी बिप्लप नेतृत्वले गरेका अराजक कामहरु यो बर्ष पनि दोहोरिरहे । धेरै लामो समयदेखिको राजनीतिक अस्थिरता बाट गुज्रेको मुलुकमा दुई तिहाइ सहितको स्थिर सरकार बने पनी सामाजिक अस्थिरता र आतंक मच्चाउने तत्वहरु सलबलाइरहे ।
विशेषत नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेका विभिन्न बिद्रोहहरुले यो बर्ष पनी केही हदसम्म आशान्ती कायम नै रह्यो ।
२०७५ सालको तथ्याङ्कलाई हेर्ने हो भने बिप्लप नेतृत्वको नेकपाले मुलुकभरका ९ स्थानमा बम बिस्फोट तथा हातहतियार सहित हिडेर आफ्नो बिद्रोह कायम नै र्गयो ।
त्यसबाहेक ९४ स्थानमा बम राखेर आतंक मच्चाउने काम भयो भने ति बमलाई बम डिस्पोजल टिमले निस्कृय गरेको थियो । गएको फागुनमा नख्खुमा गराएको बम बिस्फोटबाट त एक जनाको ज्यान नै गयो भने २ जना घाइते भए । अन्य स्थानमा भने मानविय क्षती नभएपनी भौतिक संरचनामा क्षती पुगेको थियो ।
बिशेष गरेर दुर संचार प्रदायक कम्पनी एन्सेल प्रती आक्रामक बनेको नेकपाले ३० वटा एनसेलको टावरमा तोड्फोड गरेको थियो ।
नेकपाबाट भएका मुख्य मुख्य घटनाहरु
घटना न १
२०७५ साल साउन २९ गते काठमाण्डौमा बम राखेको थियो तर बम डिस्पोजल टोलीले बमलाई निस्कृय बनाएको थियो । त्यो घटनामा संलग्न भएको आरोपमा नेपाल प्रहरिले २ जना पक्राउ परेका थिए ।
घटना न २
२०७५ साल माघ १७ गते मोरङमा एकजना नेकपाका कार्यकर्ता ३ राउण्ड गोली सहित पक्राउ परेका थिए ।
घटना न ३
२०७५ साल फागुन १० गते ललितपुरमा बम बिस्फोट गराएको थियो जसमा १ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । त्यसबाहेक भौतिक सम्रचनामा पनि क्षती भएको थियो । बम बिस्फोट गराएको आरोपमा १ जना पक्राउ परेका थिए ।
घटना न ४
२०७५ साल फागुन १६ गते सुनसरीबाट १ जना नेकपाको कार्यकर्ताबाट हतहतियार बरामद गरिएको थियो ।
घटना न ५
२०७५ साल फागुन २३ गते संखुवासभा र कपिलवस्तुमा एकै दिन ३ जनाबाट हातहतियार बरामद् गरिएको थियो ।
घटना न ६
२०७५ साल फागुन २४ गते कठमाण्डौमा बम बिस्फोट गराएको थियो र बम बिस्फोट भई आगलागी समेत भएको थियो । घटनाको जिम्मा नेकपाले लिए पनी घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन ।
घटना न ७
२०७५ साल चैत्र १३ गते नेकपाका २ जना कार्यकर्ताबाट संखुवासभामा हातहतियार बरामद् गरिएको थियो ।
यि घटना बारम्बार दोहोरिनु र नियन्त्रण गर्न नसक्नुमा ओली सरकारको पनि केही दोश हुन सक्छ । तर जनतालाई आतंकि पार्ने गतिविधिलाई कदापी क्षमा गर्न सकिदैन । सरकारले देशमा शान्ती सुरक्षा कायम राख्न बिप्लबलाई प्रतिबन्ध होइन बार्तामा र सहमति बाटो डोर्याउनुपर्दछ ।