Logo

‘कांग्रेसले प्रतिकृयावादीहरुसँग घाँटी जोड्यो’



काठमाडौं, ९ बैशाख । सत्तारु ढदल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले नेपाली काँग्रेसमाथि गम्भिर आरोप लगाएका छन् ।उनले प्रगतिशील र वामपन्थीसँग मिलेर अघि बढ्नुको साटो प्रतिकृयावादी शक्तिहरुसँग घाँटी जोडेको आरोप लगाएका छन् ।

पार्टी स्थापनाको ७० बर्षगाठ मनाउन तथा पार्टी एकता प्रकृयाबारे केही निर्णय सुनाउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काँग्रेस पार्टी प्रगतिशिल शक्ति सिध्याउन प्रतिगामी शक्तिसँग मिलेको बताएका हुन् ।

उनले भने, ‘काँग्रेस प्रगतिशिल शक्तिका विरुद्ध प्रतिकृयावादी शक्तिसँग घाटी जोड्ने गलत निति लिएको छ । म चाहन्छु अब काँग्रेसले अहिलेसमको अवस्थाबाट पाठ सिक्नुपर्छ । यदि काँग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँगै नै एकता गर्नुपर्छ ।’ उनले लोकतान्त्रिक भन्ने पार्टीले आफ्नो व्यवहार लोकतान्त्रिक नदेखाउने हो भने त्यो शव्द हटाउँदा हुन्छ भन्दै कांग्रेसमाथि व्यंग्य कसे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot