जर्मनी, १२ बैशाख । साविक विजेता बायर्न म्युनिख जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बायर्नले वेर्डर ब्रेमेनलाई ३–२ गोलले हरायो ।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले खेल सकिन १० मिनेट बाँकी छँदा पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए । लेवान्डोस्कीले ३६ औँ र ८०औँ मिनेटमा दुई गोल गरे । अर्को गोल थोमस मुलरले ६३औं मिनेटमा गरेका थिए ।
ब्रेमेनका लागि युया ओसाकोले ७४औं र मिलोट रासिकाले ७५औं मिनेटमा गोल गरेका थिए । फाइनलमा बायर्नले आगामी मे २६ तारिख आरबी लेपिजिगसँग खेल्नेछ । लेपिजिग ह्यामबर्ग एसभीलाई ३–१ गोलले हराउँदै फाइनलमा पुगेको थियो । एजेन्सीको सहयोगमा