वैशाख १४, काठमाण्डौ । २०७२ बैशाख १२ गते । लाखौ मानिस एकाएक सडकमै बास बस्न बाध्य भए । करिव आठ हजार बढीले अकालमै ज्यान गुमाए भने हजारौ मानिस अंगभंग भए । बिनासकारी भुकम्पबाट भत्किएको घरमा २२ घण्टापछि उद्धार गरिएका भक्तपुरका सोनिस अवाल यतिबेला अवाल बिद्यालयमा साथीहरुसँग रमाइरहेका छन् ।
२०७२ बैशाख १२ गतेको भुकम्पले आफ्नै घरमा पुरिएर पनि भाग्यले बाच्नेहरु मध्ये एक हुन् अवाल । भुकम्पबाट पुरिदा उनी एक महिनाका मात्रै थिए । भुकम्पको कम्पन हुँदा अवालले थाहा पाउने कुरै भएन । सोनिसका बुबा कामले घरभन्दा बाहिर गएका थिए भने आमा पसलमा । भुकम्प जाँदा सोनिसलाई घरबाट बाहिर निकाल्ने कोही थिएन । हेर्दा हेर्दे उनी घर भत्कियो र सोनिस घरभित्र पुरिए । भुकम्प गएको २२ घण्टापछी नेपाली सेनाको टोलीले सोनिसलाई उद्धार ग¥यो ।
भुकम्प गएको चार बर्ष पुग्दा सोनिस पनि चार बर्ष पुगेका छन् । अहिले पढ्न, बोल्न, कुदन मज्जाले अरु संग हासीहासी आफ्नो नाम सामान्य रुपमा बाह्रखरी र एक, दुई तिन पनि भन्न सक्छन् ।
दिन र दशा भनेको बाजा बजाएर आउदैन भन्ने यो उख्खान सोनिसकी आमा रस्मीला अवाल अहिले पनि सम्झीरहन्छिन । उनी एक महिने छोरा सुताएर पसलमा गएकी थिईन् । अचानक भुकम्पको पराकम्पन आयो आतिदै घर पुगे तर हेर्दा हेर्दै घर पुरै ध्वस्त भयो । आतिए, रोए, चिच्याए तर केहि सिप लागेन तर होहल्ला हुदै गएपछी उद्धार टोली आए र आफु पनि उदार टोलि संगै एताउता पालकपुलुक हेर्दै गहभरी आसु गर्दै माटो पन्छाउदै गरेको स्मरण अहिलेपनि रस्मिलालाई आइरहन्छ ।
पहिलो पटक सोनिस अवाल स्कुल आउदा साथिहरु संग घुलमील हुन समय लागेको शिक्षकहरु बताउछन् । सोनिस आउदा र अहिले आकाश पतालको फरक भएको उनीहरुको अनुभूति छ ।
कुद्न धेरै मन पराउने, पढ्न सिपालु र घरबाट जादा या आउदा हसिला देखिन्छन् सोनिस । सोनिस जस्तै आफ्नो स्कुलले आर्थिक स्थिति कमजोर रहेका बालबालिकालाई निशुल्क पढाउने गरेको प्रधानध्यापक भक्तराज भण्डारीले बताए ।