Logo

‘प्रदेश-२ मा पनि नेकपाको सरकार बनाउँछौं’ (भिडियोसहित)



ललितपुर, १७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान गतिशील दस्तावेज भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘संविधान जनताको माग अनुसार आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुन्छ ।’

प्रदेश नम्बर २ मा मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई मंगलबार निवास खुमलटारमा पार्टीमा स्वागत गर्दै यस्तो बताउनु भएको हो ।प्रचण्डले जनतालाई बढि भन्दा बढि अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको बताउनुभयो । उहाँले संविधानलाई जीवन्त दस्तावेजको संज्ञा पनि दिनुभयो ।

उहाँले संविधान संशोधनका लागी प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी ओलीसंग छलफल गरेर प्रक्रिया सुरु गर्ने धारणा राख्नुभयो । सबैैतिरको जनताले विकासको अनुभूति गरुन् भन्न चाहना आफूहरुको रहेको भन्दै तयार मधेश क्षेत्रमा बिशेष कार्यक्रम ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयोे, ‘हुलाकी राजमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखिएको छ, तराई मधेशलाई राजधानीसंग जोड्ने फाष्ट ट्र्याकको काम पनि अघि बढेको छ ।’

उहाँले मधेसमा सरकार मधेसी जनताको हित अनुकुल नचलेको बताउनुभयो । ‘तराई मधेसमा कम्युनिष्ट नेतृत्वकै सरकार बने मात्र त्याहाँको जनताको हितमा हुन्छ,’ उहाँले भन्नुभयो ।

प्रदेश दुईमा रहेर राजनीति गरिरहेका मधेस तराई पार्टीका अध्यक्ष अमर यादवले पार्टीमा प्रवेश गर्दै संयुक्त जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन एवम् आदिवासी, जनजाति लगायत अधिकार प्राप्तिका लागि संघर्षरत सबै पक्षको योगदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई आत्मसात गर्ने बताउनुभयो ।

कार्यक्रममा मधेस तराईको सिंगो पार्टी नेकपामा समाहित भएको थियो । नवप्रवेशीलाई अध्यक्ष प्रचण्डले माला र खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot