Logo

बालुवाटार जग्गा हडप्ने नाईकेद्धय सुवेदी र ढकाल विदेश फरार, सरकार मुकदर्शक बन्यो !



काठमाडौं, १८ बैशाख । काठमाडौंको मुटु मानिएको बालुवाटारको जग्गा हडप्न षड्यन्त्र बुन्ने मुख्य योजनाकार डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी दुवै यतिवेला फरार छन् । उच्च स्रोतको जानकारी अनुसार सुवेदी र ढकाल यतिवेला दुवै फरार छन् ।

सुरुमा उनीहरु काठमाडौंबाट सुटुक्क भागेर भारततर्फ हानिएको समाचार आएपनि अहिले त्यहाँबाट सुवेदी अमेरिका हानिसकेका छन् । उनीहरुमात्रै होईन, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरुको समेत यतिवेला भागाभाग भएको छ ।

बालुवाटार ललिता निवासको जग्गा व्यक्तिको नाममा सारिएपछि सरकारले ४ सय ५० कित्ता जग्गा रोक्का गरिसकेको छ । अब शक्तिशाली आयोग गठन गरेर छानबिन गर्ने तयारी भैरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले जानकारी दिएकी छिन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ, तर मुख्य सूत्रधारहरूलाई निगरानीमा समेत राखेको छैन । उनीहरू आफैं सजग हुँदै विदेश लागेका छन् । सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा कसरी व्यक्तिका नाममा सारियो भन्ने अनुसन्धान गर्ने निर्णय गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्