Logo

नयाँ शक्तिका असन्तुष्टहरुले बाबुराम भेटे, के–के कुरा भयो ?



काठमाडौं, २६ बैशाख । नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक धारका लागि स्थापना गरिएको नयाँ शक्ति पार्टीको स्पिरिट नछाडेको दाबी गरेका छन् ।

पार्टी एकताप्रति असन्तुष्ट डेढ दर्जन केन्द्रीय सदस्यहरूसँग बिहीवार भेट गर्दै नेता भट्टराईले वैकल्पिक राजनीतिक धारलाई अझै सशक्त बनाउन पार्टी एकीकरण गरेको स्पष्टता पारेका थिए । भट्टराईले समाजवादी पार्टीलाई अझ बलियो र सशक्त बनाउन असन्तुष्ट नेताहरूसँग आग्रह गरे ।

आफूहरुले पार्टीको नाम, झण्डा र नेतृत्व स्वीकार गरेर उपेन्द्रसामु समर्पण गरेको भन्दै निर्णय सच्चाउन ज्ञापनपत्र मार्फत् माग गरेको नयाँ शक्ति, पार्टीका केन्द्रिय सदस्य नारायण तिवारीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । तिवारीका अनुसार असन्तुष्ट नेताहरुमा पूर्वमन्त्री कल्पना धमला, भट्टराई प्रधानमन्त्री रहेको समयमा उनको प्रेस सल्लाहकार रहेका रामरिझन यादव तथा पूर्वसांसद ज्ञानेन्द्र कुमाल लगायत छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot