Logo

‘विकास र समृद्धिको विकल्पै छैन’



ओनसरी घर्ति, पूर्व सभामुख : सप्रपथम त रिर्पोटर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा यो मिडियालाई हार्दिक शुभकामना दिन चाहन्छु । विगतदेखि सुचना प्रवाहको क्षेत्रमा ठूला भुमिका निभाएको रिर्पोटर्स क्लबले अझ यो भन्दा प्रभावकारी पहरेदार माध्यमको भुमिका निर्वाह गरोस् । यो सँगै हामीले सधैं भन्दै आएको र राजनीतिको लक्ष्य मान्दै आएको समृद्धिको युग/समय लगभग सुरु भएको छ । हामीले अनेकौं राजनीतिक मुद्धा बोकेर देशलाई विकास गर्ने भनेर त्यत्रो जनआन्दोलन र द्धन्द्धकाल सकायौं । अब त दीर्घकालीन विकासको अवधारणा बोकेर देशको भलो गनुपर्छ भनेर सरकार लागिपरेको छ ।

यतिधेरै समस्या गुजार्दै नेपाल अब समृद्धिको बाटो भन्दा अन्त नजाने मोडमा आएको छ । यो ठाउँबाट हाम्रो समृद्धि यात्रा सुरु भएको छ । परिवर्तनको लागि हामिले जतिपनि त्याग र तपस्या ग¥यौं त्यो नै अबको समृद्धिको आधार हो भन्ने मलाई लागेको छ । संघीय गणतान्त्रिक नेपाल स्थापना भइसकेपछि हामीले अब देशलाई समुन्नततिर लगेका छौं । अबको समय भनेको प्रगति र समृद्धिको समय हो । यही एउटा बाटोलाई पछ्याएर अघि बढ्न्का लागि सरकारले पनि अत्यन्त मेहनेत गरेको देखिन्छ । दुइ तिहाईको सरकार जिम्मेवार भएर लागेको छ देश विकासको लागि । पत्येक विभागीय मन्त्रालय र मन्त्रीपरिषद्ले पनि दीर्घकालीन योजनाको अभ्यास गरिरहेको छ । यो हेर्दा देश अब विकासतर्फ मोडिएको छ भनेर हामीले आशा गर्न सक्छौँ ।

मेरो विचारमा नेपाल सरकार अहिले सबै वर्गलाई समेटेर समान किसिमको रोजगार दिलाउने योजनामा छ । र, यो विषय सरकारले सार्वजनिक पनि गर्दै आइरहेको अवस्था छ । यो अगाडि बढ्ने क्रममा सरकारको एक पैसा पनि विकास बाहेकका अरु काममा खर्च हुनु हुन्न । अहिले विभिन्न परियोजनाले पनि देशको विकासका योगदान पु¥याउने हिसाबले सरकारलाई सघाइरहेका छन् । त्यसैले नीति नियम बनाउने काम सरकारको हो र त्यसमा टेकेर सरकारका हरेक विकासका गतिविधिमा सहयोग गर्ने जिम्मा आम नागरिक र अन्य जिम्मेवार निकायको हो ।

विकास र समद्धिको लागि म आफू स्यंमले पनि सोचेकी छु । जसअनुसार समृद्ध रोल्पा फाउन्डेनको काम पनि मैले अघि बढाएकी छु । रोल्पामा खरको छाना जति छ त्यो सबै हटाउने हिसाबमा हिडेकी छु । जनआन्दोलन सहिद ४ सय परिवारका ४ सय घर मैले नै छाउँदै छु । देशका भएको गरिबी हटाउन जसले जहाँबाट सकिन्छ त्यहीबाट गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

विकासको ‘फेज’ सुरु हुँदैछ

संसारभरका मुलुकको अवस्थालाई हेर्ने हो भने हामी सुरुवात चरणमै छौँ भन्ने लाग्छ । बीचमा धेरै अवरोध भएपनि अब अवरोध हुँदैन हामी अब विकासको चरणमा छौं र हाम्रोमा अब तीब्र रुपमा विकास हुन्छ । अहिलेको सरकारले पनि देश समृद्ध पार्ने धेरै योजनाहरु ल्याएको छ । प्रधानमन्त्रीज्यूले धेरै सपना देखाउनु भएको छ । सपना नै नदेख्नु भन्दा देख्नु कैयौं गुणा राम्रो हो । पूरा हुने नै सपना देखेपछि हो । सरकारले अहिले अघि सारेका हरेक सपना असम्भव कुरा छैन मात्रै हामीसँग इन्छा शक्ति र नीति नियम हुनुपर्छ । अहिले जस्तो भएपनि भविष्यको हामीले भविष्यलाई हेरेर विकास काम गरिनैपर्छ । यदी अब पनि हामीले तीब्र रुपमा विकासका काम गर्न सकेनौं भने हामी पछि पछौं, त्यो पनि उठ्नै नसक्ने गरी ।

यी हुन सक्छन् विकासका सुत्र :

= जलस्रोतमा सरकारको ध्यान केन्द्रित गर्ने,
= पर्यटन विकासका सम्भावना खोज्ने,
= कृषि क्षेत्रमा लगानी र आधुनिकीकरणमा जोड दिने,



प्रतिक्रिया दिनुहोस्

Screenshot