Logo

‘कुटनीतिक दक्षता बढाउनुपर्छ’



प्रा.डा. गोविन्दराज पोखे्रल, अर्थविद् : सरकारको अहिलेसम्मको गतिविधिमा हेर्दा देशले समृद्धि छिटो पाउला भन्ने लाग्दैन । किनकी सबैतिर सरकारको अपरिपक्वता देखिएको छ । सरकारले नयाँ नयाँ योजना थप्दै जादा पुराना राम्रो योजनालाई बेवास्ता गरिहरहेको छ । अर्कोकुरा, सुशासुन, शान्ति सुरक्षा र सरकारप्रति निजी क्षेत्रको विश्वास कम हुँदै गएको छ ।

दुई तिहाईको सरकारले पनि विश्वास दिलाएर परिपक्व हिसाबले काम गर्न सकिरहेको छैृन । त्यसकारण अब सरकारले आफ्ना मदमहरुमा विचार पु¥याउन जरुरी छ । देश विकास गर्ने मुख्य आधार भनेको नै आर्थिक क्षेत्र हो । आर्थिक क्षेत्रलाई नै बेवास्ता गरेर देशको विकास हुन्न भन्ने लाग्छ ।

पछिल्लो समय सरकारको गतिविधि र काम कारबाहीलाई समिक्षा गर्दा सरकार सबैतिर चुकेको देखिन्छ । सरकारले चालेका हरेक पाइला ठेस लागेको र त्यसको असर नागरिक र देशलाई परेको हामीले अनुमान गरिरहेका छौं । सरकारको हालको कुटनीतिक सम्बन्ध पनि राम्रो छैन । छिमेकी देशलाई पनि सन्तुलनमा राखेर फाइदा लिने छाटकाट सरकारले देखाउन सकिरहेको छैन । कुटनीतिक क्षेत्रलाई हलुका रुपमा लिएको छ । यसको परिणाम राम्रो हुन्न र देशलाई नै घाटा हुने देखिन्छ ।

अहिलेको अवस्थामा हेर्दा २० वर्ष माथिका कर्मगर्न सक्ने जोसीला ७७ लाख युवा विदेशमा छन् । तीनको सीप विकास गरी देशमै परिचालन गर्न सरकारले सक्नुपर्छ । यद्यपी यसमा सरकारको खासै चासो देखिन्न । अहिले पनि युवाहरु विदेशीने क्रम झन् बढिरहेको हामीले देखिरहेका छौं । सरकारले विदेश गएका युवालाई अडाउने योजना त ल्याउन सकेन नै, तर उनीहरुबाट देशलाई फाइदा पुगेको रेमिट्यान्सको पनि सदुपयोग भएको देखिन्न ।

अहिलेको सरकारले यदी मुुलुकको समृद्धि चाहने हो भने युवालाई निर्वाहमुखी भत्ता दिएर होइन, उनीहरुलाई आत्मनिर्भर बनाउने किसिमका योजना ल्याउन जसरी छ । जसको फाइदा युवालाई नभएर देशलाई पुग्नेछ ।

अर्को कुरा, तर, सरकारले आफू उत्तरदायी नभए पनि जनतालाई जर्वजस्ती जिम्मेवार बनाउन खोजिरहेको छ । यदी सरकारले सुकर्म गरेको भए त्यसले सबैको भलो गर्दथ्यो भन्ने लाग्छ । यसबाहेक समृद्धिको लागि खुल्ला बजार अर्थतन्त्रमा आधारित सहभागितामुलक विकासका कार्यक्रम सरकारले गर्नुपर्छ ।

यसरी हुन्छ समृद्धि :

– बाधा फुकाएर व्यापक स्वदेशी र विदेशी लगानी ल्याउने,
– सुशासन कायम राख्ने,
– लगानीको प्रत्याभूति र सुरक्षा दिन सक्ने,
– कुटनीतिक क्षेत्रमा दक्षता बढाउने,
– रेमिट्यान्सको सदुपयोग गर्ने,
– राजदुत र कर्मचारीको दक्षता हेरेर मात्रै जिम्मा दिने,

यी कुरालाई ध्यान दिएर अघि बढियो भने देशको समृद्धि टाढा छैन भन्ने लाग्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot