Logo

प्रेममा धोकापछि भएको घाइते मुटुको संग्रहालय खुल्यो, तपाईंको मुटु नि घाइते छ कि ?



वैशाख २८, काठमाण्डौ । आजभोलिको युगलाइ विज्ञान र प्रविधिकोे युग भनिन्छ । बारम्बार विज्ञानका चमत्कार हामीले देख्न अनि सुन्न धेरै पाउछौ । पछिल्लो समय आर्थिक, प्राविधिक र वैज्ञानिक रुपमा सफल हुँदै गएका राष्ट्रले आश्चर्यजनक आविष्कार गरिरहेका छन् । यसकै उदाहरण बनेको छ घाइते मुटुहरुको संग्रहालय । चिनकी एक युवतीले अनौठो म्युजियम खोलेकी छिन् । कस्तो हुन्छ त घाइते मुटुको संग्रहालय ?

पछिल्लो समय विश्वभर हरेक क्षेत्रमा आफूलाई अब्बल बनाउँदै लगेको चिनले दिनप्रतिदिन नयाँ नयाँ उत्पादन र आविष्कार गरिरहेको छ । चिकित्सा क्षेत्रमा एउटा अनौठो फड्को मार्दै चिनमा सबैलाइ आश्चर्य चकित पार्ने गरि ‘घाइते मुटुहरु’को संग्राहलय खोलिएको छ ।

चीनमा एकजना युवतीले यस्तै अनौठो र फरक काम गरेकी छिन् । २५ वर्षकी लियू यानले एउटा अनौठो म्युजियम खोलेकी छिन् । उक्त म्यूजियम घाइते मुटुहरुको संग्राहलय हो । उक्त संग्राहलयमा प्रेमी प्रेमिकाहरु सँग सम्बन्धित अनौठा सरसामानहरु देख्न पाइन्छ । उक्त संग्राहलयको नाम म्युजियम अफ ब्रोकन रिलेसनशीप अर्थात् टुटेको सम्बन्धको संग्राहलय राखिएको छ । हेइलोंगजियांग प्रान्तस्थित हार्बिन सहरमा रहेको छ यो संग्राहलय ।

यो म्युजियम खुलेको २ हप्तामात्र हुन लागेको भएपनि सुरुवातमै यो धेरै हिट भएको र अहिलेसम्म १५ हजार भन्दा धेरै जनाले त्यहाँको भ्रमण गरिसकेका छन् । यो म्युजियममा यस्ता सामानहरु राखिएका छन् जुन कुनै प्रेमजोडीहरुले सम्बन्ध टुटिसकेपछि पनि जिवनभर चिनोको रुपमा राख्ने गर्दछन् । अर्थात् घाइते मुटुका नासोहरु त्यहाँ देख्न पाइन्छ । यो म्युजियम खोल्नुअघि उनले सोसल मिडियामार्फत एक पोष्ट गर्दै मानिसहरुसँग आफ्नो ब्रेकअप सँग सम्बन्धित सामानहरु आफुलाई दिनका लागि अपिल गरेकी थिइन् । ता कि त्यस्ता सामानहरु हेर्नका लागि मानिसहरु म्युजियमसम्म आउन् र आफ्नो पूरानो प्रेमको यादलाई पुनर्ताजगी गर्न सकून् ।

सोसल मिडियाको पोष्टसँगै उनलाई दुनियाभरबाट हजारौँ कल आए । त्यस्तै ५० भन्दा धेरै मानिसले उनलाई १ सय भन्दा धेरै सामानहरु प्रदान गरे ।

उक्त म्युजियममा जोडीहरुले डेटिंगका क्रममा काटेका रेल टिकटदेखि लिएर प्रेमपत्रहरु समेत रहेका छन् । त्यस्ता उपहारका जुत्ता, किप्याड मोबाइल देखि विवाहको ड्रेस पनि रहेका छन् । उनका अनुसार म्युजियममा राखिएका हरेक सामानहरुसँग एउटा न एउटा प्रेमकथा जोडिएको छ । कतिपय प्रेमकथाहरु वियोगान्त तथा दर्दनाक पनि छन् र कथा थाहा पाउँदा आगन्तुकहरुको आँखाबाट आँशु आउने गर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot