Logo

भारतीय विदेशमन्त्रीले भनिन्,‘नेपाल–भारत सम्बन्ध अहिलेजस्तो राम्रो कहिल्यै थिएन’



काठमाडौं, ३१ बैशाख । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल–भारत सम्बन्ध अहिलेजस्तो राम्रो कहिल्यै नभएको स्पष्ट पारेकी छिन् । मंगलबार नेपाली पत्रकारहरुको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा विदेशमन्त्री स्वराजले यस्तो बताएकी हुन् । उनले नेपाल–भारत सम्बन्ध धेरै सुमधुर रहेको र यसलाई आगामी दिनमा अझै उचाईमा पुर्याउनुपर्ने बताएकी छिन् ।

त्यस्तै, विदेश सचिव विजय केशव गोख्लेसँगपनि पत्रकारहरुले भेटवर्ता गरेका थिए । भेटमा सचिव गोख्लेले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनको लागि भारतले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । त्यस्तै, उनले विगतका तिता मिठा अनुभवबाट सिक्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot