Logo

‘सरकारको विरोध गर्नेहरुरु गणतन्त्रका विरोधी’



काठमाडौं, ६ जेठ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोध गर्नेहरु गणतन्त्रको नै विरोधी भएको आरोप लगाएका छन् । आउँदो एक वर्षमा मुलुकको विकासमा देखिने गरी परिवर्तन आउने दावी गरेका छन् ।

सोमबार धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै उनले यस्ते आरोप लगाएका हुन् । उनले भने,‘एकवर्षमा कति फरक भयो । अर्काे वर्ष हेर्नुस् कति फरक हुन्छ, यही हुन्छ भनेर छटपटी भएको छ ।’ ओलीले सरकारको विरोध गर्नेहरु गणतन्त्रको विरोधी रहेको आरोप लगाए ।

उनले अघि थपे,‘अविश्वास सिर्जना गर्नेहरु जसको एक थोपा पनि गणतन्त्र ल्याउन भूमिका छैन, अहिले हामीलाई लोकतन्त्र सिकाइरहेका छन् ।नेपाल सानो देश भनेर आफैलाई अवमूल्यन गर्न नहुने भन्दै उनले नेपालले अन्तर्रा्ष्ट्रिय मञ्चहरुमा आफ्नो अनुभव बाँड्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot