काठमाडौं, ११ जेठ । भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले भारतमा नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेकोमा खुशी व्यक्त गर्दै अब नेपाल–भारत सम्बन्ध झनै सुमधुर भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।
दुवै देशमा यतिवेला बलियो सरकार भएकोले आगामी दिनमा निर्णय गर्नपनि सजिलो हुने उनको विश्वास छ । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग प्राईम टाईम्स टेलिभिजनको लागि कुरा गर्दै राजदुत आचार्यले भने,‘नेपालको विकासको लागि भारतको सहयोग बढाउनको लागि अब यो निर्वाचनपछि त्यसले दिशा लिन्छ ।’
https://www.youtube.com/watch?v=a35F-CpAjS8
आचार्यले मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचमात्रै नभएर दुवै देशबीच रसायन मिलेको स्पष्ट पारे । उनले भने,रसायन मिलेकोले यी दुई देशबीच त्यस्तो दरार आउनै नपर्ने हो । राम्रो र सहयोगात्मक सम्बन्ध हुने हामीबीचको स्वभाविक कुरा हो । विकासमा मद्दत पुर्याउने कुराहरु स्वभाविक हुन् । दरार भनेको अस्वभाविक हो, यो आउन दिनुहुँदैन् ।’