Logo

मानबहादुर एक्लैले हत्या नगरेको खुलासा, स्थानीयले अब आन्दोलन गर्ने (भिडियोसहित)



काठमाडौं, १२ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ मा दुई परिवारका ९ जना सदस्यको खुकुरी प्रहार गरि निर्मम हत्या गरिएकोबारे स्थानीयवासी अझैपनि त्रासदीपूर्ण जीवनयापन गर्न बाध्य छन् ।

उनीहरुलाई अहिलेपनि त्यो घट्ना सपनाजस्तै लाग्छ । हाम्रा सहकर्मी पवन भट्टराईसँगको कुराकानीमा स्थानीयहरुले उक्त घट्ना एक जना व्यक्तिले मात्रै घटाउनै नसक्ने दाबी गरेका छन् । घट्नामा आरोपित मानिएका मानबहादुर एक्लैले ९ जनाको हत्या गर्नै नसक्ने उनीहरुको दाबी छ । हत्यामा संलग्न दोषी पत्ता लगाई कारबाही नगरे आफूहरु आन्दोलनमा उत्रिनेसमेत स्थानीयवासीहरुको चेतावनी छ ।

हेर्नुहोस भिडियो :

भिडियो सामाग्री : पवन भट्टराई/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्