Logo

‘हामी लोकतन्त्रमा कुनै देशभन्दा कम छैनौं’



pm oli at मानवअधिकार दिवस

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपाल लोकतन्त्रमा कुनै देशभन्दा कम नभएको स्पष्ट पारेका छन् । उनले मानवअधिकारको, लोकतन्त्रको सबैभन्दा अभाव पहिल्यै आफूले भोगेको बताएका छन्।

सोमबार राष्ट्रिय मानवअधिकार आयोगको १९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले जहिले पनि मानवअधिकारको हनन सधैं बलियाबाट हुने गरेको बताउँदै भने,‘हामी लोकतन्त्रमा कुनै देशभन्दा कम छैनौं।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल असभ्य बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

उनले अघि थपे,‘सामाजिक सन्जाल हेर्दा हेर्नै नसक्ने, पढ्नै नसक्ने, लाज लाग्ने खालका सामग्री हुन्छन्। कुनैको व्यक्तिको हुर्मत लिइएको, चिरहरण गरिएको सामाजिक सन्जालमा देखिएको छ।’ मिडियाले समाजको हुर्मत लिएको, चीरहरण गरेको उनको आरोप छ ।

उनले मिडियाले राजनीतिलाई प्रदूषित र फोहोरी बनाएको आरोपसमेत लगाए ।‘मुद्दाविहीन विषयलाई मुद्दा बनाइन्छ । जस्तो गालीगलौज गर्नपनि छुट दिनुपर्ने ? हाम्रो सभ्यताको धज्जी उडाउने ?’–उनले भने–‘मिडियालाई बेलगाम वा स्वतन्त्रताका पक्षमा छौं । संविधानको एक अक्षर पनि नाघ्दैनौं ।’ उनले मिडियाले तथ्यमा ध्यान दिनुपर्ने र जिम्मेवारीपूर्वक प्रस्तुत् हुनुपर्नेमा जोड दिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot