Logo

बजेटलाई अन्तिम रुप दिने बेलामा प्रधानमन्त्री र अर्थमन्त्रीबीच विमति



जेठ १४, काठमाण्डौ । भोली संसदमा प्रस्तुत गरिने बजेट निर्माणको अन्तिम तयारी बालुवाटारमा भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा अहिले बजेटको अन्तिम रुप दिन लागिएको हो ।

अन्तिम रुप दिने क्रममा प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. युवराज खतिवडाबीच कुरा मिलेको छैन । वृद्धाभत्ता, कर्मचारीको तलब र सांसदलाई दिने रकमबारे प्रधानमन्त्री र अर्थमन्त्रीबीच एकमत हुन नसकेको पाइएको छ ।

प्रधानमन्त्री ओलीले यसपटकको बजेटमार्फत वृद्धभत्ता ५ हजार मासिक पुर्याउन आग्रह गरेको तर अर्थमन्त्रीले बढिमा एक हजार बढाउन सकिने बताएका छन् ।

त्यसैगरी कर्मचारीको तलब २५ प्रतिशत बढाउने प्रधानमन्त्रीको चाहना छ । तर अर्थमन्त्रीले बढिमा १५ प्रतिशत मात्रै बढाउन सकिने जवाफ दिएका छन् ।

सांसदलाई दिने रकमको विषयमा पनि सहमति भएको छैन । प्रधानमन्त्रीले १० करोड नै दिने प्रस्ताव गर्दा अर्थमन्त्रीले बढिमा ७ करोड मात्रै दिन सकिने जवाफ दिएको वालुवाटार स्रोतले जनाएको छ ।

बजेटलाई अन्तिम रुप दिन अन्य केही मन्त्रीहरु, अर्थ मन्त्रालयका अधिकारीहरु र नेकपाका नेताहरु कसरतमा छन् ।



प्रतिक्रिया दिनुहोस्