Logo

‘विप्लवले बम पड्काउँदा सरकार हेरेर बस्दैन’



काठमाडौं, १५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले कम्युनिष्ट वा कांग्रेस भन्दैमा मन नपराउने स्पष्ट पारेका छन् । उनले बरु, जनताको जीवनमा राम्रो र सकारात्मक असर पुर्याउन सकिएमात्रै राम्रो हुने पनि जिकिर गरे । आज राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा उनले यस्तो बताएका हुन् ।

फरक प्रसँगमा प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच अढाई–अढाई वर्ष सरकारको नेतृत्व गर्नेगरि भद्र सहमति भएको पनि आजको अन्तर्वार्तामार्फत खुलासा गरेका छन् ।  यद्धपी दाहालले आफू र ओलीबीच सहमति भयो भने सरकारको नेतृत्व ओली पनि पाँच वर्षसम्मको लागि गर्नसक्ने संकेत गरे ।

उनले भने,‘अब म र उहाँबीच सहमति भयो र पार्टीभित्रपनि सहमति भयो भने ओलीजी नै पाँच वर्षकै लागि प्रधानमन्त्री हुनपनि सक्नुहुन्छ । यो त सहमतिको कुरा हो ।” अध्यक्ष प्रचण्डले भ्रष्टाचारले समाज अहिले आक्रान्त बनेको पनि स्विकार गरे ।

भूमिगत रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ बारे पनि प्रचण्डले कडा अभिव्यक्ति दिएका छन् । उनले भने,‘उहाँले शहर बजारमा आएर बम पड्काउने अनि सरकारले त हेरेर बस्ने भन्ने त हुँदैन नि ?



प्रतिक्रिया दिनुहोस्