Logo

नेपाल भ्रमण वर्ष २०२० लाई विशेष महत्व



काठमाडौँ, १५ जेठ (रासस) अर्थमन्त्री खतिवडाबाट बजेट प्रस्तुत

काठमाडौ, १५ जेठ । नेपाल भ्रमण वर्ष २०२० लाई ध्यान दिएर सरकारले पर्यटन पूर्वाधारलाई महत्व दिने । पर्यटन पूर्वाधारका लागि २ अर्ब ६८ करोड रुपैयाँ विनियोजन । प्रमुख पर्यटकीय स्थललाई नाइस पर्यटकीय स्थलको रुपमा विकास गर्ने ।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन । नेपाल एकीकरणका सिलसिलामा प्रयोग भएका ऐतिहासिक गढी र किल्लाको विकास गर्ने । पर्वतीय र कृषि, ग्रामीण, जलयात्रा, खेल पर्यटनजस्ता क्षेत्र समेटेर एकीकृत पर्यटन विकास गर्ने र दार्चुलादेखि ताप्लेजुङसम्म हिमालयन हरित पदमार्ग बनाइने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot