Logo

जयशंकर विदेशमन्त्री, शाहलाई गृहको जिम्मेवारी



नयाँ दिल्ली, १७ जेठ । हिजो गठन भएको भारतको मन्त्रिपरिषदको आज (शुक्रबार) कार्य विभाजन गरिएको छ । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह नयाँ गृहमन्त्री बनेका छन् भने पूर्व गृहमन्त्री राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेबारी दिइएको छ।

पूर्व विदेश सचिव एस जयशंकर मोदी सरकारका विदेश मन्त्री बनेका छन् । त्यस्तै, निर्मला सिता रमन अर्थ, रवि शंकर प्रसाद कानुन, नरेन्द्र तोमक कृषि, स्मृति इरानी महिला तथा बाल विकास, प्रकाश जाभेदकर सूचना तथा प्रसार, पियुस गोयल रेल मन्त्री, नितिन गडकरी सडक परिवहन मन्त्री बनेका छन् ।

२५ क्याविनेटसहित ५८ सदस्यीय मन्त्रिपरिषद्लाई बिहीबार करिव ६ हजार आमन्त्रित व्यक्तिहरुको उपस्थितिमा राष्ट्रपति भवन अगाडिको चउरमा राष्ट्रपति रामनाथ कोबिन्दले शपथ गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्