Logo

अमेरिका गोली काण्ड : मास सुटिङको १५० औं घटना, भर्जिनियामा ११ को मृत्यु



जेठ १८, काठमाण्डौ । अमेरिकाको भर्जिनियामा रहेको एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ ।

भवनमा आक्रमण हुँदा ६ जना घाइते भएका छन् । मृतक र घाइतेको पहिचान सार्वजनिक गरिएको छैन ।

प्रहरीले आक्रमणमा भर्जिनिया बिच सिटीका एक कर्मचारीको संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ । घटना बारे भर्जिनिया प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो घटना शुक्रबार स्थानीय समयअनुसार अपराह्न ४ बजेपछि भएको हो । भर्जि्नियाका गभर्नर राल्फ नार्थमले भर्जि्निया बीच र पूरै कमनवेल्थका लागि त्रासदीपूर्ण दिन भनेका छन् ।

यसैगरी भर्जि्निया बीचका मेयर बबी डायरले यस घटनालाई इतिहासकै सबैभन्दा डरलाग्दो दिन भनेका छन् । अमेरिकी मिडियाहरुका अनुसार घटनास्थलमा एफबीआईको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

अमेरिकामा बढिरहेको गोलीकाण्डका कारण हातहतियार राख्ने नियममा परिवर्तन गर्नुपर्ने माग उठिरहेका छन् ।

बेलाबेलामा अमेरिकामा यसैगरी अन्धाधुन्ध गोली प्रहारका घटना भइरहेका छन् । गोलीबारीको घटनाको रेकर्ड राख्दै आएको अमेरिकी वेबसाइट गन भ्वाइलेन्सका अनुसार अमेरिकामा यसै वर्ष मास सुटिङको यो १५० औं घटना हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot