Logo

नागोयामा हुने नेपाल फेस्टिबलको तयारी तिव्र



काठमाडौं, १८ जेठ । जापानको ब्यापारिक सहर ‘नागोया’मा ‘ आगामी जुन १५ र १६ तारिखका दिन पहिलोपटक हुन लागेको ‘नेपाल फेस्टिबल’ को तयारी तीब्र पारिएको छ । जापानको राजधानी टोकियोमा केही वर्षदेखि निरन्तर आयोजना हुँदै आएको नेपाल फेस्टिबल यस वर्ष नागोयामा पनि सञ्चालन हुँदैछ । भिजिट नेपाल २०२०’ सफल बनाउने उद्देश्यले आयोजना गरिने फेस्टिवल विशेष गरि नेपालको पर्यटन प्रबद्र्धनमा केन्द्रित गरिनेछ ।

त्यस्तै, नागोया सिटीका उपमेयर हिरोसावा इचिरोलाई पनि जानकारी गराउँदै फेस्टिवलको निमन्त्रणा दिइएको छ । नेपाल फेस्टिवलमा उपमेयर हिरोसाव पनि सहभागी जनाउनु हुने छ भएको छ । भिजिट नेपाल सफल बनाउने प्रमुख उद्देश्यले राजदुतावास र गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको संयुक्त आयोजनामा सो फेस्टिवल आयोजना गरिन लागिएको हो । फेस्टिवल विशेष गरि जापानी नागरिकमाफ नेपालको पर्यटन प्रबद्र्धनमा केन्द्रित गरिने छ ।

एनआरएन एसिया प्याशिफिक सहसंयोजक पारसमणी पोखरेलका अनुसार फेस्टिवलमा जापानका स्थानीय मेयर, उपमेयर, विभिन्न निकायका प्रमुख र स्थानीयको बाक्लो सहभागितामा गरिनेछ । आगामी जुन १५ र १६ दूई दिन आयोजना गरिन लागिएको फेस्टिवलमा २० हजार हाराहारीले अवलोकन गर्ने अपेक्षा राखिएको पोखरेलले बताए।

भिजीट नेपाल कार्यक्रमलाई कसरी सफल बनाउन सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिन लागिएको फेस्टिवल नेपाल एयरलायन्सले उडान भर्न लागेको पूर्वसन्ध्यामा गरिनेछ । फेस्टिवलमा खानाको स्टल १२ वटा, नर्मल स्टल २० वटाराखिनेछ । साथै अन्य विभिन्न नेपालको प्रचार प्रसार गर्ने तथा पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने खालका स्टल राखिने कार्यक्रम रहेको छ । कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्षहरु उपेन्द्र महत्तो, जीवा लामिछाने, शेष घले, जमुना गुरुगं, वर्तमान अध्यक्ष भवन भट्टलगायतको सभागिता रहनेछ ।



प्रतिक्रिया दिनुहोस्