Logo

विकृतिको बीचमा मौलिकपन



जेठ २८, काठमाण्डौ । नेपालमा लोकगितको इतिहास धेरै लामो छ । वर्ग र क्षेत्रअनुसारका लोक तथा लोक दोहोरी गितले नेपाली भाषा सस्कृतिको विम्ब देखाउने गर्दछ । तर पछिल्लो समय लोकलयका गितमा पनि विकृति मौलाएको छ । गीतका शब्द होस वा तयार पारिएका दृश्य । आलोचना हुने गरेको छ । यद्यपी केही यस्ता गित पनि सृजना भइरहेका छन्, जसलाई दर्शकले अत्याधिक मन पराएका छन् ।

गलबन्दी बोलको गीत अहिले हरेक नेपालीको मुखैमा झुन्डिएको छ । धेरै गितहरुको भिडमा गलबन्दी बोलको यो गित पृथक सावित भएको छ । दर्शक श्रोताको मन छोएको छ । अनि वास्तविक लोक दोहोरीको उदाहरण बनेको छ । गायक प्रकाश सपुत र गायिका शान्ती श्री परियारले स्वार दिएको यो गीत युटुवमा झण्डै एक करोडले हेरिसकेका छन् ।

छोटो समयमा लाखौ दर्शकको मन जित्न सफल यस गीतको विशेषता भनेको मौलिकपन नै हो । अनि दृश्यमा रोमान्चक । दर्शकले किन मन पराए भन्ने विषयमा गायक प्रकाश सपुतले मौलिक सृजना नै मुख्य कारण भएको बताए ।

केही समयअघि कुलेन्द्र विक र विष्णु माझीले गाएको सालको पात टपरी बोलको गितले पनि दर्शकलाई सन्तुष्टी दिएको थियो । गलबन्दी र सालको पात केही उदाहरण मात्रै हुन्, सयौँ लोक दोहोरी गितको भिडमा केही यस्ता गितहरुले प्रशंसा पाएका छन् ।

त्यस्तै कुनै समय गण्डक क्षेत्रको भाकालाई काठमाडौमा प्रस्तुत गर्दा स्याल करायो भनेर व्यङ्ग्य गरिएको स्मरण गर्दै गायक बद्री पंगेनीले लोकगितले दर्शकको मन जितेको मात्रै होइन, संस्कृतिको संरक्षण पनि गरेको तर्क गर्छन् ।

कला क्षेत्रमा अहिले निकै प्रतिस्पर्धा छ । स्वस्थ प्रतिस्पर्धा गरेर दर्शक सन्तुष्ट हुने लोक दोहोरी गित पस्कनु ठूलै चुनौति मानिन्छ । तर पछिल्लो समय चर्चाका लागि लोक दोहोरी गितको नाममा भद्धा र समाजले नरुचाउने शब्द चयन गरेर गित सृजना गर्ने प्रचलन बढेको छ ।

यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि सरकारले नीतिगत सुधार गर्नुपर्ने खाँचो औँल्याउँछन्, स्रष्टा तथा गायक दुर्गा रायमाझी । विकृति भित्रिन नदिन मापदण्डकै खाँचो रहेको रायमाझीको तर्क छ ।

हो, शब्द रचना, गायन, संगित र दृश्यमा नेपाली सामाज र मौलिकपनलाई प्रस्तुत गर्न सक्यो भने लोक तथा लोक दोहोरी गित सफल हुन्छ । यसले विकृतिलाई निरुत्साहित गर्न पनि मद्धत गर्छ । यसतर्फ स्रष्टाहरुले ध्यान दिने कि ?



प्रतिक्रिया दिनुहोस्