काठमाडौं, २९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले राजा महेन्द्रले नेपालको भावनात्मक एकता गरेको बताएका छन्।
उनले भने,महेन्द्रको योगदानलाई सच्चा नेपालीले सम्मान गर्नुपर्छ, दक्षिण छिमेकी भारतको प्रभावबाट चलेको देशलाई स्वतन्त्र अस्थित्वमा उभ्याउन सक्नु महेन्द्रको दुरदर्शिता रहेको साथै त्यस समयको विश्वशक्ति राष्ट्रहरुको माझमा नेपाललाई परिचित गराउन राजा महेन्द्र सफल भएका छन्।’
बुधबार राजा महेन्द्रको १०० औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रचारप्रसार विभागले आयोजना गरेको ‘राष्ट्रिष्ता, विकास र अन्तराष्ट्रिय सम्वन्धका सन्दर्भमा राजा महेन्द्र बहुआयमिक व्यक्तित्व’ विषयक कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।
त्यस्तै, विश्ववन्धु थापाले विभिन्न क्षेत्रबाट असयोग हुँदा पनि विचलित नभई राजा महेन्द्रले देशको शिर उच्च राखेको र अव आउनेले पनि राजा महेन्द्रबाट सिक्नु पर्ने बताए।
नेकपा मालेका महासचिव सीपी मैनालीले पृथ्वी नारायण शाह पछि नेपालको रक्षक महेन्द्र भएको बताए। राजा त्रिभुवन भारत प्रवासमा गएपछि युवराज हुँदा बखत नै उनले भारतको चाल बुझेर आफूलाई परिपक्क बनाएको उनको भनाई छ।
पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पान्डेले आजको दिनमा राजा महेन्द्र सम्झँदा भावुक भएको र आफू सोह्र बर्षको हुँदाबाट महेन्द्रको संगत गर्न पाएको बताए।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम