Logo

त्रिवी सेवा आयोगको बदमासी ! कार्यालयमा तालाबन्दी



असार १, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय विवादै विवादको नमुना जस्तै हो । हरेक जसो काम र गतिविधिमा विरोध भइरहन्छ । विश्वविद्यालय सेवा आयोगले अनियमित ढंगले सञ्चालन गरेको परीक्षा खारेजीको माग गर्दै अनशनरत विद्यार्थीहरुले आयोगमा तालाबन्दी गरेका छन् । त्रिविस्थित आयोग परिसरमा २९ दिनदेखि अनशन बस्दा पनि माग सुनुवाइ नभएको विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा विज्ञापन खुला गरेको थियो । उपप्रशासक, आर्थिक नियन्त्रक, शाखा अधिकृत, लेखा अधिकृत, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, मुख्य कार्यालय सहायक, कार्यालय सहायक, लेखा सहायकलगायत १६ पदमा विज्ञापन गरिएको थियो । ति पदपूर्ति गर्दा विज्ञापनलाई औपचारिकता मै सिमित राखेर नतिजा प्रकाशन गर्दा मनोमानी गरेको आरोप लागेको छ ।

नतिजा प्रकाशनमा आयोगले नातावाद र कृपावाद गरेको दावी गर्दै विरोध भइरहेको छ । अहिले प्राध्यापक र विद्यार्थी संघ–संगठनले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै अनशन बस्दै आएका बिखर्थीहरुले सोमबार तालाबन्दी नै गरेका छन् । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अनियमित ढंगले सञ्चालन गरेको परीक्षा खारेजीको माग गर्दै विद्यार्थीले थालेको रिले अनशन २९ दिन पछि सोमबारबाट तालाबन्दी गरेको हो । त्रिविस्थित आयोग परिसरमा २९ देखि अनशन बस्दा पनि माग सुनुवाइ नभएपछि विद्यार्थीहरुले सेवा आयोगमा तालाबन्दी गरेको बताएका छन् ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीनिकट विद्यार्थी संगठनले तालाबन्दी गरेको हो । उक्त संगठनले आयोगका पदाधिकारीलाई भित्र पस्न नदिने भन्दै मूलगेटमा तालाबन्दी गरेका हुन् । बिद्यार्थीहरुले ‘भ्रष्ट पदाधिकारी’ लाई बर्खास्त गर्नुपर्ने र अनियमित तरिकाले लिएको परीक्षाको नतिजा रद्द गर्नुपर्नेगायत माग राखेरा अनशन बस्दै आएका छन् ।

५० भन्दा बढी प्रतिस्पर्धीलाई पहुँच आधारमा उत्तीर्ण गराइएको आरोप लागेको छ । पूर्वएमाले, कांग्रेस र पूर्वमाओवादीनिकट पदाधिकारी तथा विद्यार्थी संगठनका नेताको सिफारिसमा नतिजा प्रकाशित भएको बताइएको छ । अनियमितता भएको आशंकामा आन्दोलन भइरहँदा यसबारे सम्बन्धित निकायले भने कुनै चासो दिएको छैन ।

यसैबीच तालाबन्दी गर्ने १७ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot