Logo

स्टालिनको जर्जियामा पुटिनको विरोध



रुसका कुनै बेलाका शासक जोसेफ स्टालिनको गृह क्षेत्र जर्जियामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोर विरोध भएको छ । कम्युनिष्ट शासनको अन्तसँगै जर्जिया रुसबाट अलग भएपछि त्यहाँ रुसविरोधी भावना बढेको छ ।

रुसमा कम्युनिष्ट शासन स्थापित गर्ने स्टालिनकै ठाउँमा रुसको यति ठूलो विरोध हुने अवस्था बन्नुमा पछिल्लो समय पुटिनको जर्जियाप्रति कठोर नीति कारण बनेको छ । रुसी भाषाप्रति जर्जियाले आपत्ती जनाउने गरेका छन् ।

जर्जियाको संसद बाहिर बिहिबार हजारौंले प्रदर्शन गरे । जर्जिया पुगेका रुसी सांसदहरुको भ्रमण दलले त्यहाँको संसदमा रुसी भाषामा बोलेपछि विरोध भएको हो । प्रर्शनकारीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध नारावाजी गरे ।

रुस र जर्जियाबीच सन् २००८ मा भएको छोटो युद्धपछि सम्बन्ध बिग्रिएको छ । जर्जियाको केही क्षेत्रमा रुसी सैनिक बसेको भन्दै जर्जियाले विरोध गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot