Logo

जुन शहरको मेयर भावी राष्ट्रपतिको प्रबल दाबेदार बन्छ



इस्तानबुल यस्तो शहर हो जहाँको मेयर देशकै राष्ट्रपतिको प्रबल दाबेदार बन्छ । प्रधानमन्त्री भइसकेको व्यक्ति मेयरका लागि उम्मेदवार बन्न अगाडि सर्छ । टर्कीको मुख्य शहर मात्र नभई यूरोपसँगको भौगोलिक निकटताका कारण पनि यसको महत्व छ ।

वर्तमान राष्ट्रपति रिसेप टेयीप इरडोगेन कुनैबेला इस्तानबुलका मेयर थिए । अहिले उनी त्यहाँको मेयरको चुनावमा चलखेल गर्दैछन् । आफ्ना पक्षका उम्मेदवारलाई जिताउन लागिपरेका छन् । हारिसकेको चुनावलाई उल्टाएर पुनः चुनावको अवस्था बनाए ।

मेयरमा आफ्ना विरोधी जितेपछि इरडोगेनले पुनः चुनाव गराउन लागिपरे । अदालतलाई समेत प्रभावित बनाएर पुनः चुनावको अवस्था बनाए ।
इरडोगेन सन् १९९४ देखि १९९८ सम्म इस्तानबुलको मेयर बनेर राजनीतिक सफलताको मार्ग खोल्न सफल भए । त्यसपछि उनी टर्कीको प्रधानमन्त्री हुँदै राष्ट्रपति बन्न सके ।

इस्तानबुलको मेयर बन्न पूर्व प्रधानमन्त्री बिनाली इल्डिरिम र जिल्ला तहमा विगतमा मेयर भइसकेका इकरेम इमामोग्लु प्रतिष्पर्धामा छन् । इमामोग्लुले चुनावमा झीनो अन्तरले जीत हासिल गरेपनि पुनः निर्वाचनमा जाने अवस्था बन्यो ।
इस्तानबुलमा ८ असारमा हुने मेयरको चुनावले राष्ट्रपति इरडोगेनको परिक्षण गर्दैछ । उनी कुनै हालतमा पराजय नहुने गरी सत्ता र शक्तिको दुरुपयोगमा लागेको आरोप लागिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्