Logo

२०० भन्दा बढि यातायात मजदुरले गरे रक्तदान



ललितपुर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको वार्षिकोत्सवको अवसरमा नेपाल मेडिसिटी अस्पतालले बृहत्त रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ललितपुरको लगनखेलमा आयोजना गरिएको कार्यक्रममा २०० भन्दा बढि सर्वसाधारणले रक्तदान गरेका छन् ।

यसअघि देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिरहेको संगठनले आफ्नो स्थापनाको ४०औं स्थापना दिवस मनाउदै गर्दा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल मेडिसिटी अस्पतालका विशेषज्ञ चिकित्सकहरु, तथा स्वास्थ्यकर्मीहरुको सहभागिताका सञ्चालन हुँदै आएको शिविरमा यसपटक भने नेपाल मेडिसिटीको ब्लड बैंक युनिट सहभागि रहेको थियो ।

आफ्नै भवनभित्र ब्लड बैंक रहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले रक्तदानले आपद्कालिन अवस्थामा जो कोहीको ज्यान जोगाउने भएकाले संगठनसंग सहकार्य गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोपनि कार्यक्रममा सहभागी थिए ।

रक्तदान कार्यक्रमका लागि उत्साहजनक सहभागिता रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राईले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot