Logo

एसईई नतिजा : करिश्मा मानन्धर र शान्ता चौधरी के भए ?



काठमाडौं, १२ असार । माध्यमिक शिक्षा एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । उक्त नतिजा एसएमएस वा वेवसाइटहरुबाट हेर्न सकिनेछ । १६०० मा कल गरेपछि निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेपछि नतिजाको जानकारी सुनिनेछ ।

यो वर्षको एसर्र्ईईमा चर्चित नायिका करिश्मा मानन्धर र नेकपाकी नेतृ एवम सांसद शान्ता चौधरीपनि सहभागी भएका थिए । उनीहरुको नतिजा के भयो ? भन्नेबारे अहिले चौतर्फी चासोको विषय बनेको छ। नतिजाबारे प्रश्न गर्दा नेतृ चौधरीले भनिन्,‘नतिजा आएको कुरा भर्खरै थाहा पाएँ, तर के भयो भनेर हेर्न भ्याएको छैन । अब हेर्छु ।

नेपाल टेलिकमको सिमकार्ड नम्बरको मोबाइलबाट पछि अक्षरसहितको सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनु पर्छ । ३१००३, ३१००७, ३४९४९, ३५००१ मा आफ्नो पछाडिको अक्षरसहितको सिम्बल नम्बर एसएमएस पठाएपछि नतिजा हेर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot