चिनियाँ राष्ट्रपति सि जिङपिङले खाडी क्षेत्र युद्ध र शान्तिको मोडमा रहेको बताएका छन् । शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेजसँग जापानको ओसाकामा भएको भेटमा उनले उक्त धारणा राखेका हुन् ।
चीन सधै युद्ध विरोधी भएको सीले उल्लेख गरेका छन् । ग्लोबल टाइम्सका अनुसार खाडी क्षेत्र निकै संवेदनशील अवस्थामा रहेको सीको भनाई थियो ।
पछिल्लो समय अमेरिका र इरानबीच तनाव बढ्दै जाँदा खाडी क्षेत्रमा युद्धको बादल मडारिएको छ । अमेरिकाले इरानमाथि आक्रमणको धम्की दिइरहँदा रुसले इरानको साथमा रहेको जनाइसकेको छ । तस्वीरः ग्लोबल टाइम्स