Logo

‘एकता दुरदर्शी थियो तर अवतरण के हुन्छ?’



काठमाडौं । स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी एकताको अवतरण के हुन्छ ? भन्दै प्रश्न तेर्साएका छन् । उनले भने,‘एकता दुरदर्शी थियो तर अवतरण के हुन्छ?, म अन्डरलाइन गरेर भन्दै छु यो एकीकरण पार्टी र सरकारको सफलता र विफलतातिर मात्रै छैन साथी हो, यसले सिष्टम कता जान्छ?’

उनले तत्काल एकीकरण प्रक्रिया टुंग्याउन आग्रह पनि गरेका छन्। मदन भण्डारी फाउण्डेसनले गरेको कार्यक्रममा त्रिपाठीले भने, ‘तपाईंहरू पार्टी ठूलो भयो भन्नुहुन्छ। ठूलो पार्टी भएपछि कति ठूलो क्षेत्रफल नै थाहा नभएजस्तो गर्नुभएको छ।’ उनले एमाले र एमाओवादी केन्द्र एकता गरी नेकपा पार्टी बनाउने निर्णय ओली र दाहालको दुरदर्शी निर्णय भएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्