Logo

विश्वकपमा लगातार पाँच अर्धशतक बनाउँदै विराट कोलीद्वारा कीर्तिमान



भारतका कप्तान विराट कोलीले नयाँ कीर्तिमान बनाएका छन् । इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेटमा उनी लगातार पाँच खेलमा अर्धशतक बनाउने खेलाडी बनेका छन् ।

कोलीले अष्ट्रेलियाविरुद्ध ८२, पाकिस्तानविरुद्ध ७७, अफगानिस्तानविरुद्ध ७२ र इंग्ल्याण्डविरुद्ध ६६ रन बनाएका छन् । आइतबार इंग्ल्याण्डविरुद्धको खेलमा उनले बनाएको अर्धशतकले कीर्तिमानधारी खेलाडी बनायो ।

आक्रामक ब्याटिङ गर्ने कोलीलाई क्रिकेटको दुनियाँमा भाग्यमानी खेलाडी मानिन्छ ।



प्रतिक्रिया दिनुहोस्