Logo

महिला वन अधिकृतलाई कुट्दा प्रहरी रमिते



महिला वन अधिकृतलाई गाउँलेले लाठीले कुटिरहेका छन्, प्रहरी मुकदर्शक छ । ट्याक्टरको माथि बसेकी महिलाले चिच्याउँदै हातले लाठी छेकेको छेक्यै छिन् ।

यो भिडियो दक्षिणी भारतको तेलंगनाको हो । अहिले भाइरल बनेको यो भिडियोका कारण तेलंगना सरकार मात्र नभई भारतको केन्द्र सरकार पनि गम्भीर बनेको छ ।

स्थानीय तहमा रुख रोप्न खोज्दा विरोधमा आक्रमण भएको हो । आक्रमणबाट गम्भीर घाइते महिला अधिकृत अस्पतालमा उपचार गराइरहेकी छिन् ।

घटनामा संलग्न कोनेरु कृष्णा राओ पक्राउ परेका छन् । उनी तेलंगना राष्ट्र समिति पार्टीका सांसदका भाई हुन् । आदिवासी किसानहरुको जमिनको रक्षाका लागि प्रतिकार गरिएको जवाफ दोषीहरुबाट आएको छ ।
घटना हुँदा मुकदर्शक बनेका दुई प्रहरीलाई निलम्बन गरिएको छ । घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ । Photo: OpIndia



प्रतिक्रिया दिनुहोस्