Logo

‘ओली हटे गणतन्त्र सकिन्छ, नेकपा पनि फुट्छ’ (भिडियोसहित)



काठमाडौं । प्रदेश ३ का आर्थिक मामिला एवं योजना मन्त्री कैलाश ढुंगेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटे गणतान्त्रिक व्यवस्था नै समाप्त हुने चेतावनी दिएका छन् । त्यतिमात्रै नभएर उनले नेकपा पनि फुट्ने सनसनीपूर्ण खुलासा गरेका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कायृक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै मन्त्री ढुंगेलले यस्तो बताएका हुन् ।

उनले पार्टीभित्र आलोपालो सरकारको नेतृत्व गर्नेबारे कुनै सहमति नभएको जिकिर गरे । उनले भने,‘हाम्रो पार्टीमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेर कुनैपनि सहमति भएको छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot