Logo

जनसंख्या घट्दा पुटिनलाई पिर



रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै भनेका थिए,‘मेरा लागि साइबेरियाको अथाह स्रोतभन्दा १५ करोड रुसी जनता मूल्यवान छन् ।’ विश्वकै ठूलो देश भएपनि रुसको जनसंख्या १५ करोडभन्दा कम छ । त्यसमाथि जनसंख्या घट्दो छ ।

घट्दो जनसंख्याले पुटिन पिरोलिएका छन् । रुसमा काम गर्ने दक्ष जनशक्तिको अभाव हुने खतरा छ । पछिल्लो तथ्यांक अनुसार चार महिनामा रुसको जनसंख्या डेढ लाख घटेको छ ।

संयुक्त राष्ट्रसंघले सन् २१०० मा रुसको जनसंख्या अहिलेको ठिक आधा अर्थात् आठ करोड हुने प्रक्षेपण गरेको छ । रुसको जनसंख्या भयंकर तरिकाले घट्दैछ ।

घट्दो जनसंख्याका कारण राष्ट्रपति भ्लादिमिर पुटिनले सेवानिवृत्त हुने उमेर बढाउन खोजेका थिए । तर, त्यसको चौतर्फी विरोध भयो । रुसमा अहिले काम गर्ने उमेर समूहका मान्छे कम हुँदा जनशक्तिको अभाव बढ्दै गएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्