काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवा असफल भएको दाबी गरेका छन् । आफू परिवर्तनको मोर्चामा धेरै अगाडि रहेकोले अब नेतृत्व पनि आफैंले गर्ने पनि उनले घोषणा गरे ।
बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्ु’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिटौलाले यस्तो दाबी गरेका हुन् ।
कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको र सरकारको कामकारबाहीबाट आफुहरु सन्तुष्ट हुने अवस्थामा नरहेको पनि सिटौलाको भनाई छ । उनले भने,‘यो सरकारले धेरै गल्ती गरेको छ । हामीले सरकारले यहाँ गल्ती गर्यो है भनेर कतिपय कुरामा औंल्याउँदा औंल्याउँदै गर्दा पनि सरकारले कुनै रियलाईजेशन गरेन ।’ सरकारको चाहना भनेको नै जनताको आवाज बुझ्नु भएको उनको भनाई हो ।