Logo

गृहजिल्ला पुगेर सभामुख महराले दिए यस्तो निर्देशन



काठमाडौं ।प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नागरिकलाई छिटोछरितो निष्पक्ष भई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

श्क्रबार दाङका कार्यालय प्रमुखहरुलाई ल्लिा प्रशासन कार्यालयमा उनले जनताका कामलाई द्रुत गतिमा सम्पन्न गर्न र विकास निर्माणका कामलाई तीव्र गति दिन निर्देशन दिएका हुन। उनले भने, “तपाईंहरु कर्मचारी मानसिकताबाट माथि उठेर उत्कृष्ट सेवा प्रवाह गर्नुहोस्, काम गर्ने क्रममा समस्या भए म पहल गर्छु ।”

त्यस अवसरमा जिल्लाको समग्र विकास निर्माणको अवस्था तथा शान्ति सुरक्षाका बारेमा प्रजिअ गोविन्दप्रसाद रिजालले सभामुख महरालाई जानकारी गराएका थिए । सभामुख महरा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभाका सदस्य छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot