Logo

आईफा अवार्डबारे प्रधानमन्त्री ओलीले मुख खोले



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईफा अवार्डबारे मुख खोलेका छन् । भिजिट नेपाल २०२० अन्तर्गत २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको प्रधानमन्त्री ओलीको टिप्पणी छ ।र

शुक्रबार समाजवादी पार्टीका असन्तुष्ट नेताहरुलाई नेकपामा प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन् । उनले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशन पनि अनधिकृत भएको स्पष्ट पारे ।

उनले भने,‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेका थियौं । तर अर्बौं खर्च भनेर हावा कुरा गरियो । लौ सर्वनाश हुने भयो भनेर अनाधिकृत निर्देशन दिन लगाइयो ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्