Logo

सलाहलाई चीसो लाग्दा इजिप्ट आफ्नै भूमिमा स्तब्ध



मोहम्मद सलाहले दक्षिण अफ्रिकाविरुद्ध कुनै जादू देखाउन सकेनन् । इजिप्टमा जारी अफ्रिकी कम अफ नेसन्स फुटबलमा पराजित हुनुमा सलाहप्रतिको आशा निराशामा परिणत हुनु कारण बन्यो । चीसो लागेर विरामी भइकन खेलेका उनमा कुनै उत्साह थिएन ।

नेपाली समय अनुसार आइतबार विहान भएको खेलमा अन्तिम समयमा दक्षिण अफ्रिकाका लोर्चले गोल गरी लोभलाग्दो जीत दिलाए । दक्षिण अफ्रिकाले आयोजक इजिप्टलाई पराजित गरी नाइजेरियासँग क्वाटरफाइनल खेल्ने भएको छ ।

खेलमा स्तब्ध भएको इजिप्टले निकै प्रयासका बाबजुद गोल गर्न चुक्यो । सलाहप्रति धेरै भरोसा गर्दा पनि इजिप्टलाई खेलमा नोक्शान पर्यो ।

लिभरपुललाई यस वर्ष च्याम्पियन्स लिग जिताएका सलाहले आफ्नो देशका लागि खेल्दा जादू देखाउन सकेका छैनन्



प्रतिक्रिया दिनुहोस्

Screenshot