Logo

समाचार पढ्दै गर्दा भूकम्प आएपछि….



अमेरिकाको क्यालिफोर्नियामा ७.१ म्याग्निट्युडको शक्तिशाली भूकम्प आउँदा टेलिभिजनका स्टुडियोहरुका प्रत्यक्ष दृश्य रोचक बन्यो । समाचार पढ्दै गर्दा आत्तिएको दृश्य हेर्न सकिन्थ्यो । कतिपयले टेबुल मुनी लुक्ने कि सम्म भने । केहीले सहकर्मीको हात समात्न पुगे ।

पत्रकारितामा यस्ता घटना घट्दाको अवस्था गम्भीर नै हुन्छ । आफ्नो ज्यान जोगाउने कि काममै अडिने भन्ने हुन्छ । अमेरिकाको भूकम्पमा त्यस्तै भयो । समाचार पढ्दै गरेका पुरुष र महिला त्रसित भएको र समाचार भन्नबाट अड्किएको दृश्य रोचक बन्यो ।
भूकम्पपछि पनि पत्रकारहरुले समाचार प्रकाशन र प्रशारणको काम गरिरहे । त्रास बिर्सेर समाचार कक्षमा झन् मिहेनत गरे । स्टुडियो चलिरह्यो ।

लस एन्जल्सबाट २४० किलोमिटर टाढा रिडग्रेष्ट भन्ने स्थानमा भूकम्पको ठूलो झड्का महशुश भएको थियो । त्यहाँबाट भूकम्पको केन्द्रबिन्दु ११ किलोमिटर टाढा मात्र रहेको जनाइएको छ ।

बिहिबार ६.४ म्याग्निट्युडको भूकम्प गएकोमा शुक्रबार ७.१ म्याग्निट्युडको भूकम्प गयो । पराकम्पहरु गइरहेका छन् । Photo: Daily Express



प्रतिक्रिया दिनुहोस्

Screenshot