Logo

ओली ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने (भिडियोसहित)



काठमाडौं, २३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गरेर नेकपाकै अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने डरलाग्दो निर्णय गरेको खुलासा भएको छ ।

कांग्रेस हिजोबाट केन्द्रिय कार्यसमितिको बैठकमा केन्द्रित छ । आईतबारबाट सुरु भएको बैठकमा विभिन्न १४ वटा एजेण्डा प्रस्तुत भएका छन् । ती एजेण्डाहरुमा यही चैत्र २७ गतेबाट दफाबार छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।

आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य श्याम घिमिरेले बैठकमा एजेण्डाबारे सहमति भएको खुलासा गरे । उनले आगामी ०७७ साल जेठभित्रै पार्टीको महाधिवेशन सम्पन्न हुनेपनि घिमिरेले दाबी गरे ।

उनले महाधिवेशनको विषयमा सभापति शेरबहादुर देउवा र उनको नियतमाथि शंका गर्ने कुनै ठाउँ नै नभएको पनि जिकिर गरे । उनले भने, “महाधिवेशन गर्नको लागि उहाँको मन सफा छ । शंका नगरे हुन्छ ।” आउने महाधिवेशनमा पनि सभापति बन्नको लागि पार्टीको विधानले शेरबहादुर देउवालाई छुट दिएको पनि उनले सुनाए । तर, पन्ध्रौ महाधिवेशनमा भने सभापति देउवा उठ्न नपाउने उनको तर्क छ ।

केन्द्रिय सदस्य डा. शेखर कोइरालाले पार्टीभित्र अब महाधिवेशनको माहोल सूरु भएको सुनाए । जारी केन्द्रिय कार्यसमिति बैठकले महाधिवेशनको टुँगो लगाउने र संघीय संरचनाअनुसार पार्टीको संरचनापनि पूरा गराउने कोइरालाले जनाए ।



प्रतिक्रिया दिनुहोस्