Logo

विश्व सम्पदा सूचीमा छ सांस्कृतिक सम्पदा थपियो



युनेस्कोको सम्पदा सूचीमा थप पाँच स्थान परेका छन् । अजरबैजानको बाकुमा जारी युनेस्कोको सम्पदा कमिटिको ४३ औं सम्मेलन अन्तर्गत २२ असारमा बसेको सम्पदा कमिटिले ती स्थानहरुलाई सम्पदा सूचीमा राखेको हो ।

सूचीमा परेकाहरुमा पोर्चुगलको माफ्राको शाही भवन छ । यो लिस्बनबाट ३० किलोमिटर टाढा छ । पोर्चुगलको बारगास्थित एस्पिनो हिमालको भीरमा रहेको बम जेसस डो मोन्टेको पवित्रस्थान पनि छ ।

रुसको पस्कोभ स्कुल अफा आर्टिटेक्टको चर्च, स्पेनको रिस्को काइडो, बेलायतको जोड्रेल ब्यांक अब्जरभेटोरी र अजरबैजानको सेखीको ऐतिहासिक केन्द्र छन् ।

युनेस्कोले छ वटा स्थानहरु विश्व सम्पदा सूचीमा परेको जनाएको छ । २५ असारसम्म चल्ने विश्व सम्पदा कमिटिले खतराको सूचीमा राख्न प्रस्ताव गरिएका स्थानहरुबारे पनि निर्णय लिदैछ । जसमा नेपालको काठमाडौं उपत्यका पनि पर्दछ । Photo: Orlando Torres



प्रतिक्रिया दिनुहोस्

Screenshot