Logo

भोजपुरमा प्रहरी र विप्लव समूहबीच भीडन्त, दुई मारिए



काठमाडौं । भोजपुर सदरमुकाममा एक प्रहरी र विप्लव समूहका कार्यकर्ताको भिडन्तमा मृत्यु भएको छ । यो घटनाको भोजपुर सदरमुकामको हटिया लाइनमा भएको हो ।

भिडन्तमा विपल्व समूहका ओखलढुंगा इन्चार्ज निरकुमार राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लागेको छ।

प्रहरी स्रोतले उनको मृत्यु भएको पुष्टि गरेपनि प्रहरीले आधिकारिक रुपमा घोषणा गरेको छैन। थप विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot