Logo

निर्मला पन्तकी आमालाई सरकारी जागीर



काठमाडौं, २६ असार । एक वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् । उनलाई दैनिक हाजिरीमा काम गर्ने गीर नगरपालिकाले नियुक्त गरेको हो ।

पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि मानवीय हिसाबले नियम कानुनभित्र रहेर ‘डोर हाजिरी’मा नियुक्ति दिइएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए ।

दुर्गादेवीले चार पाँच महिनादेखिनै जागिरका लागि आफूलाई आग्रह गरेको र लामो छलफलपछि नियुक्ति दिइएको उनले बताए ।

मेयर विष्टले भने ‘छोरीको बलात्कारपछि हत्या भयो । श्रीमानले हेर्दैनन् भनेपछि मानवीय हिसाबले पनि नगरपालिकाले उहाँको लागि सहयोग गर्नुपर्ने नै भयो ।

हामीले उहाँको निवेदन अनुसार दैनिक हाजिरीमा कार्यालयमा सघाउने भनेर काम दिएका छौं । उहाँको योग्यताका कारण पनि कार्यालय सहयोगीको जागिर दिनुपर्ने हो तर हामीले कार्यालय सहयोगी भनेका छैनौं ।’

निर्मलाको लागि न्याय माग्ने आन्दोलनमा प्रहरीको गोलीबाट मृत्यु भएका सन्नी खुनाकी आमा मञ्जुलाई यसअघिनै सोही प्रकृतिको जागिर नगरपालिकाले दिइसकेको मेयर बिष्टले बताए ।

उनले निर्मला र सन्नी खुना दुवैका परिवारलाई नगरपालिकाको तर्फबाट यसअघिनै तीन तीन लाख रुपैयाँ राहत उपलब्ध गराइएको समेत जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot