Logo

क्षुद्र ग्रहमा पुग्यो जापानी यान



चन्द्रमामा मान्छे पुगिसके । मङ्गलग्रहमा मान्छे पुग्ने तयारीमा छन् र यान पुगिसकेको । क्षुद्र ग्रहमा मान्छे पुग्ने प्रयासमा छन् । यसका लागि यान पठाउने र अध्ययन अनुसन्धान गर्ने क्रम जारी रहेको छ ।

जापानी यान रियुगु क्षुद्रग्रहमा अवतरण गरेको छ । जापानी अन्तरीक्ष एजेन्सी जाक्साले रियुगुमा अवतरण गरेको हो । दोस्रोपटक क्षुद्र ग्रहमा छोएर ढुङ्गा संकलन गरेको छ ।

वैज्ञानिकहरुले क्षुद्रग्रहको ढुङ्गाको अध्ययन गरी सौर्यमण्डलको उत्पत्तिको तथ्यांक संकलन गर्नेछन् । साँढे चार अर्ब अघि बनेको रियुगु क्षुद्रग्रहमा पुग्न जापानी यानले सन् २०१४ मा यात्रा शुरु गरेको थियो । क्षुद्रग्रह झण्डै एक किलोमिटर चौडाईको छ । यो पृथ्वीबाट २९ करोड किलोमिटर टाढा छ । सकेका छैनन् ।

क्षुद्रग्रहमा बहुमूल्य धातु हुने हुँदा वैज्ञानिकहरुले यसको अध्ययन अनुसन्धानमा चासो दिदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot