Logo

BREAKING : सप्तकोशीमा पानीको बहाब उच्च, खतराको घण्टी र रातो झण्डा



असार २६, इटहरी । सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिनदेखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा बिहीबार बेलुका ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ५४ हजार ९५० सय क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी हो । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

कोशीमा पानीको बहाव १५०००० क्युसेक पुगेपछि रातो बत्ति बाल्ने र रातो झण्डा फहराउने गरिन्छ । ६ लाख क्युसेक भार बहन क्षमता रहेको कोशीमा वालुवाका कारण पानीको सतह बढेकोले थोरै बहावमै कोशी ब्यारेजमा दबाब पर्ने गर्छ ।

२०६५ सालमा कोशीको पूर्वी तटबन्ध भत्काएर कोशी गाउँ पसेको थियो । त्यसयता कोशी ब्यारेज र कोशीको तटबन्धलाई विशेष ध्यान दिने गरिन्छ । कोशी ब्यारेज र तटबन्ध क्षेत्र भारतको नियन्त्रणमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्